images

आइतवार, बैशाख २३ गते २०८१

देशभर एक हजार १५७ सङ्क्रमित थपिए

देशभर एक हजार १५७ सङ्क्रमित थपिए

images
images
images
बुधवार, आश्विन १३ २०७८
बुधवार, आश्विन १३ २०७८
  • देशभर एक हजार १५७ सङ्क्रमित थपिए

    काठमडौँ । पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा एक हजार १५७ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार १९३ पुगेको छ । उहाँका अनुसार ५०० बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । 

    सो अवधिमा एक हजार ११३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने सात लाख ६४ हजार ८४७ छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।३ प्रतिशत छ । सङ्क्रमणका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको छ । 

     हालसम्म सङ्क्रमणबाट ११ हजार १२३ को मृत्यु भइसकेको छ । हाल देशभर ३५४ जना सघन उपचार कक्ष ९आइसियु०, ९९ भेन्टिलेटर, १६ हजार ८७८ होम आइसोलेशन, एक हजार ३१५ जना संस्थागत आइसोलेशन र २४४ जना क्वारेन्टिनमा छन् । आज दुई लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूर्ण मात्राको खोप लगाएका छन् । 

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij