२०८३, आश्विन ३० गते

Oct 16 2026 | २०८३, आश्विन ३० गते

कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्नेमा नेताहरूको जोड

शुक्रवार , आश्विन ३०, २०८३

  • 337
    Shares
  • 337
    Shares
  • भैरहवा । नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस, सिद्धार्थनगर समिति, रुपन्देहीले विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिनुभएको हो । 

    नेताहरूले पार्टी संगठनलाई बलियो बनाउँदै कार्यकर्ता र नागरिकको मनोबल बढाउनुपर्ने अहिले आबश्यकता रहेको औल्याउदै गुट उपगुटको अन्त गर्नु पर्ने उल्ले गरे । 

    नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पार्टीलाई समयअनुसार रूपान्तरण गर्दै जनतासँग जोड्नुपर्ने धारणा राख्नु भयो । उहाँले नेपाली कांग्रेस रुपान्तरित कांग्रेसको रुपमा अगाडि बढाउदै युवा नेतृत्वले पार्टीलाई सहि गन्तव्यमा लैजाने बताउनु भयो । 

    नेपाली काग्रेसका नव निर्वाचित केन्द्रिय सदस्य शुशिल गुरुङले पार्टीभित्र एकता कायम गर्दै संगठनलाई प्रभावकारी बनाउन सके मात्रै नागरिकको विश्वास जित्न सकिने बताउनु भयो । उहाँले पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ताबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । 

    कार्यक्रममा नेपाली कांग्रेस, रुपन्देही सभापति रामकृष्ण खाँण, क्षेत्र नम्बर ३ का सभापति पुरनप्रसाद श्रेष्ठ, क्षेत्र नम्बर ३ (क) का सभापति महेन्द्रकुमार श्रेष्ठ, बुटवल उपमहानगर सभापति ज्योति भण्डारी र तिलोत्तमा सभापति नारायण ढकाल लगाएतले बोल्दै बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसले आफ्नो कार्यशैली सुधार गर्दै नागरिकका समस्या र अपेक्षालाई सम्बोधन गर्नुपर्ने धारणा राख्नु भएको थियो । 

    WhatsApp Image 2026-10-16 at 5.21.51 PM.jpeg

    त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ तथा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यलगायतले बोल्दै युवापुस्ता, उद्योगी व्यवसायि तथा नीजि क्षेत्रका समस्या समाधानका लागि पार्टीले प्रभावकारी भुमिका खेल्दै सहकार्यका साथ काम गर्नु पर्ने बताउनुभयो । 

    सिद्धार्थनगर समितिका सभापति देवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति निलु श्रीसले स्वागत तथा सचिव धर्मवीर शर्माले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    चाडपर्वको शुभकामना साटासाट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पार्टीको एकता, संगठन सुदृढीकरण र रूपान्तरणका विषयले प्राथमिकता पाएको थियो ।