२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

काँग्रेस केन्द्रीय सदस्यमा अब्दुल रज्जाक निर्वाचित

बिहिवार , आश्विन २९, २०८३

  • 427
    Shares
  • 427
    Shares
  • भैरहवा, २९ असोज । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक निर्वाचित हुनुभएको छ । पार्टीको १५ औं महाधिवेशन अन्तर्गत रज्जाक मुस्लिम कलस्टरबाट १ हजार ७ सय ११ मतका साथ निर्वाचित हुनुभएको हो ।

    उहाँ अघिल्लो वर्ष सम्पन्न विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो । रज्जाक हाल लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँ काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत हुनुहुन्छ । २०७० सालको निर्वाचनमा रज्जाक रुपन्देही क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    मुस्लिम खुला केन्द्रीय सदस्यमा ३ सदस्यका लागि १५ जनाबीच प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धीलाई उछिनेर रज्जाकसहित डा.अताबुल अन्सारी र मो.इर्शाद खान विजयी हुनुभएको छ ।