२०८३, आश्विन २९ गते

Oct 15 2026 | २०८३, आश्विन २९ गते

साई ग्लोबलमा शुक्रबार पूर्वविद्यार्थीको जमघट, दशैं–तिहारको शुभकामना आदानप्रदान

बिहिवार , आश्विन २९, २०८३

  • 454
    Shares
  • 454
    Shares
  • भैरहवा, २९ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलियास्थित साई ग्लोबल विद्यालय तथा कलेजले बडादशैं, तिहार तथा छठपर्वको–२०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

    विद्यालय तथा कलेजमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूबीच आत्मीय भेटघाट, शुभकामना आदानप्रदान तथा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    साई ग्लोबल परिवारको आयोजनामा असोज ३० गते शुक्रबार (भोली) दिउँसो २ः३० बजे विद्यालय परिसरमा सञ्चालन हुनेछ ।

    कार्यक्रममा विद्यालय तथा कलेजका पूर्वविद्यार्थीहरूलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ । चाडपर्वको अवसरमा पुराना साथीहरूसँग भेटघाट गर्ने, विगतका अनुभव साटासाट गर्ने तथा विद्यालयसँगको सम्बन्धलाई निरन्तरता दिने अवसरका रूपमा कार्यक्रमलाई लिइएको छ ।