२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

तिलोत्तमामा छाडा कुकुर बन्ध्याकरण सुरु

बुधवार , आश्विन १३, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १३ असोज । 
    युथ फर कन्जरभेशन एण्ड सस्टेनेएबल एग्रिकल्चर पक्लिहवाको आयोजनामा स्थायी कुकुर बन्ध्याकरण तथा रेबिज खोप कार्यक्रम बुधबारबाट सुरु भएको छ । 

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरको सहकार्य र समन्वयमा भएको कार्यक्रममा छाडा कुकुरहरुको बन्ध्याकरण गरिएको थियो । संस्थाका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा वडा नम्बर ४ का अध्यक्ष दिवाकर ढकालले राम्रो कार्य भएको भन्दै प्रशंसा गरेका थिए । 

    कार्यक्रममा राजु कुंवर, राजेश शाह, हरिमाया नेपाली, कार्यक्रम संयोजक संजोक बस्याल, काशी राम ज्ञवाली, सचिव आकृत रिजाल लगायतले बोलेका थिए । टिकाराम भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।