images

बिहिवार, बैशाख १३ गते २०८१

जाभा दशै फेष्टो तथा वार्षिकोत्सव

जाभा दशै फेष्टो तथा वार्षिकोत्सव

images
images
images
बिहिवार, आश्विन ७ २०७८
बिहिवार, आश्विन ७ २०७८
  • जाभा दशै फेष्टो तथा वार्षिकोत्सव

    बुटवल, ७ असोज ।
    अन्तर्राष्ट्रिय बजारमा नाम कमाएको जाभा कम्पनीको बाईक रुपन्देहीमा भित्रिएको एक वर्ष पूरा भएको छ । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । पहिलो वार्षिकोत्सवसंगै दशै फेष्टो सप्ताहव्यापी रुपमा मनाउने भएको छ । 

    बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी पर्यटन प्रवद्र्घनका कार्यक्रमसहित बुटवलदेखि रानीमहल, भैरवस्थानसम्म पर्यटन यात्रा, प्याग्लाईडिङ खेल समेत गरिने भएको अमाएरा ट्रेडिङ प्रा.लि.का संचालक नरेश जि.सी.ले बताए । समृद्धि रिसोर्टमा वन नाईट स्टेको ब्यवस्था गरिएको उनले बताए । एक वर्षको छोटो अवधिमा नै बजारमा राम्रो विक्री वितरण भइरहेको उनले बताए । व्यापारसंगै पर्यटन प्रवद्घन गर्ने लक्ष्य रहेको उनले बताए । बिहीबार हुने यात्रामा ३५ जना बाईक राईडरहरु सहभागि हुने उनले बताए । यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुको भ्रमणसंगै दशै अफरमा राईडिङ ज्याकेट, हेल्मेट, लेगार्ड समेत उपलब्ध हुने उनले बताए । 

    चेक रिपब्लिकमा निर्माण भएको बाईक अहिले महिन्द्रा कम्पनीले भारतमा उत्पादन गर्दै आएको छ । नेपालमा भने अग्नि गु्रपले भित्राएको हो । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । विश्वमा नै १९२९ मा पहिलोपटक निकालिएको यो पुरानो बाइक भएको उनले दावी गरे । विक्रीसंगै सेवासुविधालाई प्राथमिकता दिएसंगै पछिल्लोसमय बाइकको नेपाली बजार राम्रो रहेको उनले बताए । सुरुवातमा धेरै युवाहरुमाझ आकर्षक मोडलका कारण नै जाभा क्लासिक, जाभा ४२ गरि ३०० सिसिका र जाभा प्यारेक ३५० सिसिका ३ मोडलमा रहेका छन । 

    सिगल च्यानल एभिएस र डबल च्यानल एभियस गरी यसको विशेषताका आधारमा मूल्य फरक रहेका छन् । नेपाली बजारमा युवाहरुमाझ धेरै लोकप्रिय रहेको छ । बाईक १४ लिटर पेट्रोल ट्याक र ७ सय ६५ एमएम सिट उचाई भएको, विएसिक्स इन्जिन, लिक्विण्ड कुलिङ इन्जिन र ईएफआई विथ ६ गियर रहेको छ । बाइकको मूल्य ६ लाख २० हजार रुपैयाँदेखि सुरु भएको छ ।  

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij