शुक्रवार , कार्तिक २०, २०८३
भैरहवा, २० कात्तिक। फ्युचर लाइट इंग्लिस स्कुलमा आज कात्तिक २० गते नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक देउसीभैलो खेलेका थिए। विद्यार्थीहरूले विभिन्न देउसीभैलो गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै केही विद्यार्थीहरूले गीतसमेत गाएका थिए। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गम्भीर गुरुङले यस्ता कार्यक्रमले नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो संस्कृति र परम्पराप्रति परिचित गराउँदै यसको संरक्षणमा प्रेरित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कक्षा १० की छात्रा सन्ध्या सुनारले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
