२०८३, कार्तिक २० गते

Nov 06 2026 | २०८३, कार्तिक २० गते

‘रमाइलो गरौं, संस्कृति बचाऔं’ नारासहित काशीमा देउसीभैलो कार्यक्रम

शुक्रवार , कार्तिक २०, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, २० कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२, (भैरहवा) स्थित काशी नोबल एकेडेमीले शुक्रबार ‘देउसीभैलो कार्यक्रम–२०८३’ आयोजना गरेको छ । तिहारको अवसरमा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताउनुभयो । प्राचार्य घिमिरेले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कृति र परम्पराबारे जानकारी गराउनुका साथै यसको संरक्षणमा प्रेरित गर्ने बताउनुभयो । उहाँले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जानकारी दिनुभयो ।

    deass.jpg

    ‘रमाइलो गरौं, संस्कृति बचाऔं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

    deass.jpg

    यसैबीच विद्यालयले शुक्रबार नै रंगोली बनाउने प्रतियोगितासमेत आयोजना गरेको थियो । कक्षा ११ र १२ का विद्यार्थीहरूले सामूहिक रूपमा प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा कक्षा १२ का विद्यार्थीहरू विजयी भएका थिए ।

    विजयी विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे र सह–प्राचार्य श्री रायमाझीले पुरस्कार प्रदान गर्नुभएको थियो। शोभना जैसी र कोपिला गुरुङ निर्णायक रहेको प्रतियोगिताको संयोजन कक्षा ११ र १२ का संयोजक दीपक काफ्लेले गर्नुभएको थियो ।