२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

रुपन्देहीमा शुक्रबार ६३ जना कोरोना संक्रमित थपिए

शुक्रवार , आश्विन ९, २०७७

भैरहवा, ९ असोज ।
रुपन्देहीमा शुक्रबार थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २३ महिला र ४० जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ३९, सिद्धार्थनगर नगरपालिकामा ९, तिलोत्तमा ६, देवदहमा २, सैनामैनामा ६ र मर्चवारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ३ सय ४५ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । 

जिल्लामा हालसम्म १ हजार ६ सय ११ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ७ सय १३ जना उपचाररत छन् । त्यस्तै जिल्लामा हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।