२०८२, माघ २० गते

Feb 03 2026 | २०८२, माघ २० गते

बुद्धभुमि एकेडेमी सी डिभिजन लिगको दोस्रो चरणमा प्रवेश

शनिवार , आश्विन २, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • सैनामैना, २ असोज ।
    शहिद स्मारक सी डिभिजन लिगको दोस्रो चरणमा बुद्धभुमि फुटबल एकेडेमी प्रवेश भएको छ । गरेको छ । काठमाण्डौमा जारी शहिद स्मारक सी डिभिजन लिग छ्नौटमा रुपन्देहीको एक्लो टोलीले सहभागिता जनाइरहेको बुद्धभुमि फुटबल एकेडेमी सैनामैनाले आफ्नो समुहमा लगातार दोस्रो जित निकाल्दै शतप्रतिशत जितका साथ समुह विजेताका रुपमा दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।

    शुक्रबार भएको समुह एमको अन्तिम र निर्णायक खेलमा बुद्धभुमिले चिवाहाल युथ क्लबलाई २–१ ले हराउँदै समुह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । बुद्धभुमिले आफ्नो पहिलो खेलमा सानोगौचरन युवा क्लबलाई ३–० ले हराएको थियो । देशभरबाट कुल ७८ क्लबले सहभागिता जनाएको छनौट प्रतियोगिताबाट शीर्ष तीन क्लब सी डिभिजन लिगमा बढुवा हुनेछन् ।

    हालै स्थापना भएको एकेडेमीले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन देखाउनु असल पक्ष भएको बुद्धभुमि फुटबल एकेडेमी रुपन्देही सैनामैनाका अध्यक्ष मुकेश थापाले बताए । ग्रामीण क्षेत्रमा समेत उत्कृष्ट खेलाडी रहेका औलाउँदै समुह विजेताको रुपमा लागेको अध्यक्ष थापाको भनाइ छ ।