२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

रुपन्देहीमा बिहीबार ८२ जना कोरोना संक्रमित थपिए

बिहिवार , आश्विन ८, २०७७

भैरहवा, ८ असोज ।
रुपन्देहीमा बिहीबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २३ महिला र ५९ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकामा ४२, सिद्धार्थनगर नगरपालिकामा ९, तिलोत्तमा १९, देवदहमा २, सैनामैनामा ५, ओमसतिया गाउँपालिकामा २ र रोहिणी गाउँपालिकामा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार २ सय ८२ पुगेको पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । 

जिल्लामा हालसम्म १ हजार ५ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ७ सय जना उपचाररत छन् । त्यस्तै जिल्लामा हालसम्म २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।