images

बिहिवार, बैशाख १३ गते २०८१

बाढीपहिरो प्रभावितको घाउमा मलम लगाउँदै स्टार्ट फण्ड 

बाढीपहिरो प्रभावितको घाउमा मलम लगाउँदै स्टार्ट फण्ड 

images
images
images
बिहिवार, भाद्र ३१ २०७८
बिहिवार, भाद्र ३१ २०७८
  • बाढीपहिरो प्रभावितको घाउमा मलम लगाउँदै स्टार्ट फण्ड 

    गत हप्ता अविरल वर्षाले नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाका अधिकांश भागहरु पहिरो र बाढीले क्षतिग्रस्त भयो । उक्त गाउँपालिकाको वडा नम्बर २, ४, ५ र ६ मा पहिरोका कारण ९४ घरधुरीका करिब ४ सय घरपरिवार प्रत्यक्ष रुपमा प्रभावित भए भने ३ जनाको ज्यान गयो ।
    पहिरोका कारण अर्काको घर, सामूदायिक भवन र विद्यालयको छिडीमा बस्न बाध्य ९४ घरधुरीलाई स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग, एक्सन एड नेपाल र किर्डाक नेपालको प्राविधिक सहयोग तथा एबीसी नेपाल र हुप्सेकोट गाउँपालिकाको समन्वय र सहकार्यमा उक्त गाउँपालिकाका ९४ घरधुरीका पहिरो प्रभावितहरुलाई ७ लाख ४ सय ३२ रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ । वितरण गरिएको सामग्रीहरुमा चामल, नुन, तेल, दाल, चिउरा, त्रिपाल, बाल्टी, जग, फिनेल, सेनेटरी प्याड, मास्क, सेनिटाइजर, साबुन, थर्मामिटर रहेको छ ।

    images

    पहिरोका कारण आफ्नो १० जनाको परिवार घर, अन्नपात तथा लत्ताकपडा गुमाएर स्थानीय सामुदायिक विद्यालयमा भोकभोकै बस्नु परिरहेको अवस्थामा स्टार्ट फण्ड नेपालले दिएको राहतले ठुलो सहयोग पुगेको हुप्सेकोट गाउँपालिका तल्लो रुम्सिकी ३० वर्षिय धनमाया सरु बताउँछिन् । 
    त्यस्तै वडा नम्बर ४ माथिल्लो चारघरे बस्ने यम बहादुर पुलामीको १५ जनाको परिवार थियो । पहिरोका कारण उनले आफ्नी ४२ वर्षिय आमा र २ जना भतिजी गुमाउनुपर्यो । बाबु हात र खुट्टामा लागेको चोटको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा बसिरहेका छन् भने आफूहरु अर्काको घरमा बस्दै आएको पुलामीले बताए । आफूसंग भएको सम्पूर्ण धनसम्पत्ति पहिरोले लगिदिएपछि अर्काको घरमा बस्न बाध्य आफ्नो परिवारलाई यो ठूलो सहयोग भएको पुलामीले बताए ।

    photo1.jpeg

    त्यस्तै वडा नम्बर २ को लक्ष्मीसिंह ठकुरीको पनि हालत पनि उस्तै छ । ज्याला मजदूरी गरेरे जीविकोपार्जन गरिरहेका ठकुरी परिवारलाई कोरोना महाकामारीको कारण सरकारले गरेको लकडाउनले बिहान सांझको छाक टार्न समस्या परेको थियो । अविलर वर्षाका कारण आएको पहिरोले उनलाई थप समस्या थपिदियो । पहिरोले जमिन भासिएर उनको घर पूर्ण रुपमा क्षति भयो र उनी छिमेकीको शरणमा पुगिन् । उनले भनिन्, ‘गास पनि छैन्, भएको बास पनि गयो, रातभरी निन्द्रा लाग्दैन । बस्न त जसोतसो बिस्तारै बासको छाप्रो बनाएर बसिएला नि कुनैदिन, तर यो पेटलाइ कसरी भर्ने ? सधै चिन्ता लागिरहने मलाई त, धन्न यो राहतले भए पनि केही दिन त गुजारा चल्यो ।’

    हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे भन्छिन्, ‘अहिलेको सबैभन्दा ठुलो चूनौती भनेको पहिरो प्रभावितको स्थानान्तरण नै हो, यसका लागि संघ, प्रदेश र विभिन्न संघ–संस्थाहरुसंग पहल र छलफल भइरहेको छ, पहिरो प्रभावितहरुको दिगो व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता रहेको छ ।’

    स्टार्ड फण्ड नेपालका उपाध्यक्ष गौतमराज अधिकारीले बाढी र पहिरो प्रभावितहरुको राहत कार्यक्रम चरणबद्ध रुपमा गरिने बताए । उनले पहिलो चरणमा नवलपुर र नवलपरासी जिल्लाका बाढी–पहिरो प्रभावित ५ सय घरधुरीलाई खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिने बताए । उपाध्यक्ष अधिकारीले  हुप्सेकोट गाउँपालिकाका विद्यालयमा बसिरहेका १८ घरधुरीका लागि तत्काल अस्थाई बासको व्यवस्था गर्नुपर्ने भएकोले जस्तापाताको व्यवस्था गर्ने तथा दोस्रो चरणमा बाढी र पहिरोका कारण पर्न सक्ने कठिनाइहरुबारे समुदायस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिए ।

    विपद् पूर्वजानकारी दिएर आउने होइन् । सरकारको पहिलो प्राथमिकता विपद्को समयमा जनताको तत्काल जिउधनको रक्षा गर्ने हुनुपर्छ । यसका लागि तीनै तहका सरकारको महत्वपूर्ण भूमिका रहन्छ । विपद्को समयमा २४ घण्टाभित्र नै पीडितहरुलाई सरकारले सुरक्षा प्रदान गर्न सक्नुपर्दछ । यसका लागि सरकारले २४ घण्टाभित्रै पीडितलाई सहयोग गर्न सकिने कोषको व्यवस्था र नीति ल्याउनु आवश्यक रहेको छ । 
    विपद्को समयमा प्रक्रियामा अल्झाइरहने परिपाटीको तुरुन्त अन्त्य गरिचुस्त र दुरुस्त व्यवस्थापनतर्फ सरकारको ध्यान जानुपर्ने बाढी पहिरोप्रभावितहरुको भनाइ छ । कुनै संस्थाले गरेको कार्यको प्रशंसामा आधारित भएर एकतर्फी रुपमा यी हरफहरु लेखिएको कदापी होइन ।

    वास्तविकता के हो भने, केही गैरसरकारी संस्थाले गरेका चुस्तदुरुस्त राम्रा अभ्यासहरुप्रति सरकारको ध्यान जाओस् भन्ने हो, न कि सरकारले केही गरेन भन्ने । लेखको आशय यति मात्र हो कि, विपदेमा पीडितले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा, सुविधाहरु तत्काल प्राप्त गर्न सकुन् । कागजी झन्झटले पीडामा परेकालाई झन् पीडा नथपियोस् । यसका लागि सरकारको पूर्ण रुपमा ध्यान जाओस् र आगामी दिनमा अप्ठ्यारोमा परेका जनताहरुलाई छिटो भन्दा छिटो सरकारले सुरक्षा दिन सक्ने प्रणालीको विकास गरोस् ।

    Photo3.jpeg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij