२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

बुटवल कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु

बिहिवार , आश्विन ८, २०७७

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल, ८ असोज ।
    बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना संक्रमितको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन् ।

    कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना संक्रमण भइ अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

    कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिए ।

    यस्तै कोरोना संक्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको बिहान मृत्यु भएको डा. थापाले जानकारी दिए ।

    लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भइ उपचार गराइरहेका मृतकलाई संक्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो।

    उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताए ।