
बिहिवार , आश्विन ८, २०७७
भैरहवा, ८ असोज ।
पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाले रूपन्देही कोटहीमाई गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
कोटहीमाई गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवलाई पीपीई सेट १६ थान, ग्लास (चस्मा) १६ थान, सेनिटाइजर ६ लिटर, एन ९५ मास्क ४० थान, ३ लेयर मास्क २ सय थान, फेस कभर ३० थान, सामान्य ग्लोब्स २ सय पिस, सर्जिकल ग्लोब्स ५० थान हस्तान्तरण गरिएको समाजसेवी अनुरागनाथ शुक्लाले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लाले कोरोना भाइरसको संक्रमणबाट बच्न सबैले सावधानी अपनाउन आग्रह गरे । संक्रमणबाट बच्न सावधानी अपनाउन उनले आग्रह गरे ।
कोरोना महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिदै शुक्लाले भने, ‘कोटहीमाई गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको छ, यस गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाईन पनि व्यवस्थित छ ।’
गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रिषिराम अर्जेल, इलाका प्रशासन कार्यालय मर्चवारका प्रमुख ध्रुव प्रसाद नेपाल लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij