२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

किशोरीहरुलाई मार्यादा किट्स

शनिवार , आश्विन ३, २०७७

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • भैरहवा । सिद्धार्थ सामुदायिक समाज भैरहवा र केएर नेपालको साझेदारीमा टिपिङ पोइन्ट परियोजना अन्तर्गत कोभिड १९ को माहामारीको समयलाई मध्यनजर गरी १ सय ५८जना किशोरीहरुलाई मार्यादा किट्स सामाग्री बितरण गरिएको छ  ।

    किशोरीहरुलाइ स्यानीटाईजर, स्यानीटरी प्याड, सुट, सुरवाल, टावेल, दुपट्टा, चप्पल, झोला, साबुन, टर्चलाईट लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको संस्थाका अध्यक्ष समिता मल्लले बताईन । 

    देवदह भवानीपुरमा ४० जना, तिलोत्तमाको टिकुलीगढमा ४० जना, सियारीको पश्चिम अमुवामा २० जना, मायादेवि गाउँपालिकामा ३५ जना, लुम्बिनी मा २३ जना गरी जम्मा १ सय ५८ जना किशोरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।