
सोमवार , भाद्र २९, २०७७
भैरहवा । कपिलबस्तुको शिवराज नगरपालिकाका दुई जना कोरोना संक्रिमित व्यत्तिको मृत्यु भएको छ ।
कोरोनाको संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्थायी अस्पताल बुटवल र भैरहवाको भीम अस्पतालमा उपचाररत दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु दुवै जना कपिलबस्तुको शिवराज नगरपालिका २ का हुन् ।
बुटवलमा उपचार गराइरहेकी शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिला हुन भने भीम अस्पतालमा उपचार गराईरहेका ५८ वर्षीया पुरुष भएको अस्पतालले जनाएका छन् ।
भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पताल आएका उनको राती साढे १० बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । ५८ बर्षिय ती पुरुषमा दमको समस्या रहेका सुचना अधिकारी पोखरेलले जानकारी दिए ।
कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको सोमबार बिहान साढे ४ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए ।
भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचार गराईरहेका उनमा मिर्गौलाको समस्या रहेको सुचना अधिकारी गौतमले जानकारी दिए । स्वास्थ्यमा समस्यामा आएपछि उनीहरु दुवै जनालाई केहि दिन देखि आईसियुमा राखेर उपचार गराउदै आएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij