२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

२५ सय रुपैयामा पीसीआर परिक्षण

आइतवार , भाद्र २८, २०७७

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले २५ सय रुपैयामा पीसीआर परिक्षण गर्ने भएको छ ।

अस्पतालमा पिसिआरको परिक्षण पटक शुरु गर्दा ५५ सय तिरेर परिक्षण गर्ने गरिएकोमा दाङ लगाएतका जिल्लामा परिक्षण शुल्क घटाईएपछि पछिल्लो समय ४४ सयमा गर्ने गरिएको थियो । २५ सयमा परिक्षण गरिने निर्णय सोमबारदेखि लागू हुने अस्पतालको मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनालले जानकारी दिए ।

यसरी परीक्षण गरिएकाहरुको रिपोर्ट सोही दिन दिइने अस्पतालले जनाएको छ । कारोना भाईरसको संक्रमण बढ्दै गएपछि परिक्षणको दायरा बढाउनका लागि २५ सय रुपैयामा परिक्षण गर्न लागिएको अस्पतालको मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनालले जानकारी दिए । उनका अनुसार पिसिआरको परीक्षण क्षमता वढाएर दैनिक ४÷५ सय जनाको परीक्षण गर्ने गरी तयारी थालिएको छ । 

विरामी, उच्च जोखिममा परेकाहरूको हकमा निशुल्क परीक्षण गरिने र उनीहरूको हकमा २४ घन्टाभित्र रिपोर्ट दिइने छ । यसवाहेक सिकिस्त वा सम्बन्धीत डाक्टरको सिफारिषमा आएका व्यक्तिको हकमा पनि साविक वमोजिम नै हुने अस्पतालका मेसु खनालले जानकारी दिए ।