२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

नेविसंघ सिद्धार्थनगरद्वारा शिक्षा बिकास कार्यालयमा ज्ञापन 

आइतवार , भाद्र २८, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा । नेपाल बिद्यार्थी संघ सिद्धार्थनगरले शिक्षा बिकास कार्यलय तथा समन्वय ईकाईमा ज्ञापन पत्र बुझाएको छ । 

    संघले कोभिड १९ का कारण बन्द रहेका शैक्षिक सस्थाले पछिल्लो केहि दिन यता जर्वजस्ती शैक्षिक शुल्क उठाउने, अभिभावकलाई तनाव दिने लगाएतका कार्य भएको भन्दै त्यसको बिरोध गरेको छ । 

    कोभिड १९ का कारण आर्थिक अवस्था निकै कमजोर अबस्थामा पुगेको र पठन पाठन नभएको अबस्थामा कोहि पनि अभिभावकले शैक्षिक शुल्क तिर्न नसक्ने हुँदा जवर्जस्ती शुल्क उठाउन नदिन माग गर्दै कार्यालय मार्फक शिक्षा मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको नगर सभापति प्रतिक भण्डारीले जानकारी दिए । 

    जवर्जस्त रुपमा शुल्क उठाउने, अभिभावकलाई दवाव दिने खालका क्रियाकलाप नरोकिए नेविसंघ चप लागेर नबस्ने समेत चेतावनी दिएको छ । नेविसंघ भैरहवा सिद्धर्थनगर सभापती भण्डारीको नेतृत्वमा भैरहवा बहुमुखी क्याम्पसका नविसंघ सभापति  सम्राट थाप, नेविसंघ सिद्धार्थनगर उपाध्यक्ष नवराज अर्याल, सचिव ओजर शर्मा, करम खान, मक्सुद खान लगाएतले ज्ञापन पत्र बुझाएका थिए ।