
शुक्रवार , भाद्र ११, २०७८
भैरहवा। बिगत दुई दिन देखिको भारी वर्षासँगै आएको बाढीले भैरहवा–परासी तथा भैरहवा बुटवल औद्योगिक करिडोरका झण्डै एक दर्जन उद्योग डुबानमा परेका छन्।
अबिरल बर्षातका कारण आएको बाढीका कारण यस क्षेत्रका उद्योगहरु डुवानमा परेका हुन्। अत्याधिक बर्षा परेका कारण बुटवल भैरहवा सडक खण्डमा बाढी आएको थियो। बाटोबाट बगेको बाढी सडक छेउका उद्योगमा पसेको हो।
डुबानबाट भैरहवा बुटवल औद्योगिक करिडोरमा रहेका एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रालि, श्याम मोर्डन दाल मिल, पञ्चकन्या समुह, दुर्गा मोर्डन दाल मिल लगाएतका उद्योगमा बाढी पसेको सिद्धार्थ उद्योग बाणिज्य संघका एसोसिएट उपाध्यक्ष एवम् एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रालिका सञ्चालक अरुणकुमार गोयनकाले जानकारी दिए।
त्यस्तै भैरहवा परासी करिडोरमा रहेका उद्योगमा पनि बाढी पसेको छ। परासी करिडोरमा रहेका श्री स्टील्स, एसियन एसियन कंक्रिटो, हिमगिरी फुड्स, वेष्टन एग्रो लगाएतका उद्योग डुबेका छन्।
चारवटै उद्योगमा ठुलो मात्रामा क्षती पुगेको उद्योगहरुले जनाएका छन्। क्षतीको यकिन बिवरण नआए पनि प्रत्येक उद्योगमा ५० लाख देखि एक करोड सम्मको क्षती भएको हुन सक्ने जनाएका छन्।
पानीको निकासका लागि स्थानिय सरकारले व्यवस्थीत ढल तथा नालीको व्यवस्थापन गर्न नसक्दा प्रत्येक पटक आउने बाढीको सिकार बन्ने गरेका छन्। बाढीबाट रुपन्देहीका अधिकांश स्थान डुबानमा परेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij