
शनिवार , भाद्र २७, २०७७
रुपन्देही, २७ भदौ ।
युवाहरूद्वारा स्थापित रोटरी क्लव अफ लुम्बिनी स्टार्स तथा पार्टनर क्लब रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सले संयुक्त रूपमा आयुर्वेदिक औषधी हस्तान्तरण गरिएको छ ।
क्लबका अध्यक्ष बालकृष्ण पाण्डेले आइसोलेसनमा रहेका बिरामीहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आयुर्बेदिक औषधी वितरण गरिएको बताए।
प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले हरेक सामाजिक संस्थाहरूले सहयोग गरिरहेका स्मरण गराउदै रोटरी क्लव अफ लुम्बिनी स्टार्सले गरेको सहयोग फरक र अतुलनीय रहेको र हरेक कार्यक्रममा सधै सहकार्य समेत रहने बताए ।
रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डेले बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी तथा वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई औषधी हस्तान्तरण गरेका हुन् ।
बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले बुटवल १२ तामनगरस्थित कोरियन टेक्निकल कलेजको कारोना आईसोलेसन हस्पिटलमा रहेका २३ जना कोरोना पोजेटिभ व्यक्तिहरूलाई आयुर्बेदिक औषधी हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बुटवल–१२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदी र क्लबका संस्थापक अध्यक्ष यादव भण्डारी लगायतले बोलेका थिए ।
हरेक दिन आइसोलेसनमा रहेकाहरूलाई योग समेत गराईएको छ । कार्यक्रममा क्लबका सचिव विक्रम क्षेत्री, कोषाध्यक्ष ध्रुव कोइराला तथा रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष विमल ढकालको पनि उपस्थिति रहेको थियो । योगगुरू विष्णु आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
रोटरी क्लव अफ लुम्बिनी स्टार्स रोट्रयाक्ट क्लबका पूर्व अध्यक्षहरूको सहभागितामा स्थापना भएको क्लब हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij