२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा शनिबार १२६ जना कोरोना संक्रमित थपिए

शनिवार , भाद्र २७, २०७७

भैरहवा, २७ भदौ । 
रुपन्देहीमा शनिबार थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ५१ महिला र ७५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकामा ५७, सिद्धार्थनगर नगरपालिकामा ६, सियारी गाउँपालिकामा ७, रोहिणीमा ४, ओमसतियामा २, तिलोत्तमामा ४५ र सैनामैनामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३० पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए । 

रुपन्देहीमा हालसम्म ८३९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय अनुसार कोरोना संक्रमित भइ हाल ७७६ जनाले उपचार गराइरहेका छन् । त्यस्तै जिल्लामा हालसम्म १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।