२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

लायन्स क्लब बेलबास सिर्जनशीलले गर्‍यो खुल्ला रक्तदान 

शनिवार , भाद्र २७, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • बुटवल, २७ भदौ । 
    लायन्स कलब अफ बुटवल बेलबास सिर्जनशीलले खुल्ला वृहत रक्तदान कार्यक्रम गरेको छ । कोरोना महामारीमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले शनिबार बेलबासमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य र अन्य व्यक्ति गरी ४३ जनाले रक्तदान गरेका छन् ।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का जीएमटी कोअर्डिनेटर  दीपक श्रेष्ठको प्रमुख आतिथ्यता र क्लबकी अध्यक्ष विमला गैरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा लायन्स क्लबका एरिया चिफ सन्दिप कसौधन, वडा नम्बर १३ का वडा सदस्य बेदप्रसाद गैरे, लायन्स क्लबका रिजन चेयरपर्सन शिवलाल उपाध्याय, ओमकार आचार्य, शोभाखर पोखरेल लगायतको उपस्थिति रहेको थियो । 
    क्लबले यस वर्ष वृक्षारोपण र बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितका लागि च्यवनप्राश वितरण गरिसकेको क्लबकी कोषाध्यक्ष कल्पना भट्टराई भण्डारीले जानकारी दिइन् । रक्तदान कार्यक्रमको संयोजक गीता बञ्जाडे थिइन् ।