
शुक्रवार , भाद्र २६, २०७७
बुटवल, २६ भदौ ।
लायन्स क्लब अफ बुटवल क्यापिटलले सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई राहत प्रदान होस् भन्ने उद्देश्यले सुरक्षा सामाग्री प्रदान गरिएको लायन्स क्लब अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताइन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित राठौरलाई साढे २ लिटर सेनिटाइजर र ३ सय पीस सर्जिकल मास्क प्रदान गरेको संस्थाका सचिव प्रकाश खनालले बताए ।
त्यसै गरी इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक रुम बहादुर केसी, देवीनगर प्रहरी चौकीका प्रमुख भरत थापा, ड्राइभरटोल चौकीका प्रमुख राम बहादुर थापा, प्रहरी चौकी योगिकुटीका प्रमुख विमला नेपाली, नयाँगाउँ प्रहरी चौकीका प्रमुख गोकर्ण चौहान, बुटवल नयाँ बसपार्कका प्रहरी हल्दार गौरव भुजेललाई सुरक्षा सामाग्री प्रदान गरिएको छ ।
सम्बन्धित प्रहरी कार्यालयमा पुगेर क्लबले सुरक्षा सामाग्री प्रदान गरेको हो ।
संस्थाकी उपाध्यक्ष मीना जि.सी., कोषाध्यक्ष धर्मराज शर्मा, सह–कोषाध्यक्ष प्रभा अर्याल, सावित्री न्यौपाने लगायतको सहभागितामा करिब ३० हजार बराबरको सुरक्षा सामाग्री प्रदान गरिएको क्लबले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij