२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री यादवद्वारा बाढीप्रभवित क्षेत्र अवलोकन

आइतवार , भाद्र ६, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • परासी, ६ भदौ । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले नवलपरासीको बाढी  प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री यादवले जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा १ शंकरपुर, वडा २ मुडेरा, सरावल गाउँपालका वडा ६ र ७ को बाढि प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् । 

    मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै झरही नदीमा व्यापक तटबन्ध गरि उक्त क्षेत्रलाई बाढीबाट जोगाउन आश्वासन दिए । उक्त क्षेत्रमा आउने बाढीको पानीलाई सहजै निकास दिन नदी, कुलानाला व्यवस्थापन गर्न र झरही नदीबाट पानी ओभरफ्लो बाढी हुने समस्यालाई रोक्न नदीमा व्यापक तटबन्ध कार्य गरि उक्त क्षेत्रलाई बाढीबाट जोगाउन उचित बजेटको व्यवस्थापन समेत गर्न मन्त्री यादवले प्रतिबद्धता जनाए । मन्त्री यादवले बाढीबाट प्रभावित क्षेत्रका किसानहरुको समस्यालाई प्राथमिकतामा राखी त्यसको दिर्घकालिन सामाधान गर्न आवश्वासन दिए । 

    जिल्लामा कार्यकर्ता भेटघाट तथा बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आएका मन्त्री यादवले महेसपुरमा निर्मित शहिद जगदिस पासवानको शालिकमा माला अर्पण गर्दै पाल्हीनन्दन गाउँपालिका वडा १ को सभाहलमा पार्टीका कार्यकर्ताहरु संग अन्तरकृया समेत गरेका हुन् ।मन्त्री यादव संगै पुर्व रक्षाराज्य मन्त्री रामवचन यादव, पूर्व शिक्षाराज्य मंत्री गोविन्द चौधरी, पूर्व सांसद चिनक कुर्मी, जसपाका केन्द्रीय सदस्य मुना गुप्ता, उमाशंकर यादव, वीरेन्द्र यादव, जिल्ला अध्यक्ष धरेन्द्र यादव, प्रदेश सदस्य इन्दा चौधरी, पाल्हीनन्दन गाउँपालिका वडा १ का वडा अध्यक्ष लल्लन प्रसाद यादव, जसपा पार्टी गाउँपालिका वडा १ का सभापति गोविन्द पटेल, स्थानिय गुडु पटेल लगायतका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।