
शुक्रवार , भाद्र २६, २०७७
भैरहवा, २६ भदौ ।
रुपन्देहीमा शुक्रबार थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३३ महिला र ५० जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ४६, सिद्धार्थनगर नगरपालिकामा २२, मायादेवी गाउँपालिकामा २, देवदह नगरपालिकामा १, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १, तिलोत्तमा नगरपालिकामा ५ तथा शुद्धोधन, कोटहीमाई, कञ्चन र सैनामैना नगरपालिकामा १÷१ जनामा कोरोना कोरोना संक्रमणको पुष्टि भएको छ ।
यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ५ सय ४ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा शुक्रबारसम्म कोरोना संक्रमण पुष्टि भएका ७९३ जना निको भएर घर फर्किएका छन । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित भइ ६९७ जनाले उपचार गराइरहेका छन् । जिल्लामा हालसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij