images

बिहिवार, बैशाख १३ गते २०८१

भ्वाइस अफ नेपालका फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

भ्वाइस अफ नेपालका फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

images
images
images
बिहिवार, भाद्र ३ २०७८
बिहिवार, भाद्र ३ २०७८
  • भ्वाइस अफ नेपालका फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

    बुटवल, ३ भदौ । 
    भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । उनलाई बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा आयोजित कार्यक्रमकाबीच सम्मान गरिएको हो । उनलाई संगितकार सुरेश सेञ्चुरी, नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगर, चर्चित गायिका मञ्जु पौडेल, क्लबका अध्यक्ष रामकुमार क्षेत्री, गायक बसन्त श्रेष्ठले टिका र खादा लगाई सम्मान गरेका हुन् । 
    सो अवसरमा भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनले कोसिस जारी रहे पनि फाइनलसम्म जित्न नसकेको बताएका छन् । उनले हजारौं नेपालीको साथ रहँदा पनि अन्तिमसम्म पुग्न नसेको प्रति शुभचिन्तकहरुसंग माफी मागेका छन् । उनले भने, ‘भ्वाइस अफ नेपालको अन्तिमसम्म पुग्ने चाहना थियो, कोशिस गरे तर पुग्न सकिन ।’

    images

    उनले भ्वाइस अफ नेपालमा लुम्बिनी प्रदेशबाट पहिलो पटक फाइलिष्टसम्म पुगेको गर्व लागेको स्पष्ट पारे । पुनले आफूलाई ट्रफिको लोभ नभए पनि परिवार र शुभचिन्तकको लागि अन्तिमसम्म प्रयास गरेको दावी गरे । उनले आफ्ना शुभचिन्तकहरुलाई निरास नहुन आग्रह गर्दै आफुले छिट्टै आफ्ना सिर्जनाहरु संगितको मार्फतबाट बाहिर ल्याउने बताए । 

    कार्यक्रममा संगितकार सुरेश सेञ्चुरीले राज्यले संगितलाई वेवास्ता गरेको बताए । उनले देशका तीनै तहका सरकारबाट संगितलाई प्राथमिकता नदिएकोप्रति दुःख व्यक्त गरे । सेञ्चुरीले समाजमा रहेका हरेक विषयवस्तुलाई संगितमार्फत उजागर गर्ने कलाकारहरु नै पीडित अवस्थामा परेको बताए । उनले  कलाकारहरुलाई कतैबाट पनि हौसला नभएको दुःख व्यक्त गरे । उनले भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनले पश्चिम क्षेत्रकै गौरव राख्न सफल भएको भन्दै प्रशंसा गरे ।

    नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगरले राज्यबाट संगित क्षेत्र हेपिएको बताए । उनले खुबी हुँदाहुँदै पनि आर्थिक अवस्थाले गोविन पुन पछाडि परेको दुःखेसो गरे । सो अवसरमा चर्चित गायिका मञ्जु पौडेल, गायक बसन्त श्रेष्ठ लगायतले गोविन पुनको प्रशंसा गरेका थिए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij