
बिहिवार , भाद्र २५, २०७७
बुटवल, २५ भदौ ।
रुरु मिलन केन्द्र नेपालले इलाका प्रहरी कार्यालय बुटवललाई बिहीवार ५ सय पिस सर्जिकल मास्क सहयोग गरेको छ । फ्रन्टलाइनमा रहेर खटिने प्रहरीलाई मास्क अति आवश्यक पर्ने भएकाले संस्थाले सहयोग गरेको रुरु मिलन केन्द्र नेपालका सचिव अनुपमा श्रेष्ठले बताइन् ।
गुल्मीको रुरु क्षेत्रका मानिस सम्बद्ध केन्द्रले स्थापना भएको ३ वर्षदेखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । सोही क्रममा प्रहरी कार्यालयका डिएसपी प्रतित सिंह राठौरमार्फत प्रहरीलाई मास्क प्रदान गरी सहयोग गरिएको हो ।
मास्क ग्रहण गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले केन्द्रले गरेको सहयोगप्रति कृतज्ञता जनाउंदै सामाजिक कार्य गर्ने संघ–संस्थाकै कारण नेपाल प्रहरीलाई हौसला प्रदान भएको बताए ।
सो कार्यक्रममा रुरु मिलन केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी पोख्रेलले प्रहरी कार्यालयमा थप आवश्यक सहयोग चाहिएमा आफुहरु तयार रहेको र यसअघि एन्फा एकेडेमीमा क्वारेन्टाइनमा रहेकालाई आयुर्वेदिक औषधी वितरण, बाढी तथा पहिरोपीडित मानिसलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको बताइन् । मास्क हस्तान्तरण कार्यक्रममा कोषाध्यक्ष कुसुम पौडेल समेतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij