२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवामा कोरोना संक्रमितको संख्या दुई सय नाघ्यो

बुधवार , भाद्र २४, २०७७

भैरहवा, २४ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)मा कोरोना संक्रमितको संख्या दुई सय नाघेको छ । बुधबारसम्म भैरहवामा संक्रमितको संख्या २ सय २१ पुगेको छ ।

सिद्धार्थनगर कार्यपालिकाको कार्यालयका अनुसार हालसम्म वडा नम्बर ८ मा कोरोना संक्रमितको संख्या धेरै छ । त्यस्तै वडा नम्बर ११ मा संक्रमितको संख्या शुन्य छ ।

हालसम्म सिद्धार्थनगर वडा नम्बर १ मा २२, २ मा १२, ३ मा १८, ४ मा १२, ५ मा १, ६ मा २७, ७ मा १३, ८ मा ५३, ९ मा २२, १० मा ३, १२ मा २६, १३ मा ८ र वडा नखुलेको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए । त्यस्तै ९२ जना कोेरोना संक्रमित निको भइसकेको मरासिनीले बताए ।

त्यस्तै हाल १२७ जना आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमित भइ होम आइसोलेसनमा ९९, होटल आइसोलेशनमा  ७, अस्पताल आइसोलेशनमा १८ र नगरपालिकाको आइसोलेशनमा ३ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ५९ जना महिला र ६८ जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए । हालसम्म सिद्धार्थनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भइसकेको नगरपालिकाले जनाएको छ ।