२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

लागु औषध मुद्दामा दश वर्ष कैद फैसला सुनाइएका फरार युवक पक्राउ

शनिवार , श्रावण ३०, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • नवलपरासी ३० साउन। पश्चिम नवलपरासी प्रहरीले ३ बर्षदेखि फरार रहेका एक अभियुक्तलाई शनिबार पक्राउ गरेको छ।

    नवलपरासी जिल्ला अदालतबाट लागुऔषध मुद्धामा फैसला भई तत्काल १० बर्ष एक महिना, ८ दिन कैद सजाय र एक लाख रुपैयाँ जरिवाना तोकिएका प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय ईन्द्रिजित बिन पक्राउ परेका हुन्।

    उनलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको टोलीले पूर्वी नवलपरासीको विजयी त्रिवेणी गाउँपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए। बिनलाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला अदालतमा पेश गरिने डिएसपी लामाले बताए।