images

शुक्रवार, बैशाख १४ गते २०८१

अधुरो तटबन्ध निर्माणले बाढीको चपेटामा सुस्ताबासी

अधुरो तटबन्ध निर्माणले बाढीको चपेटामा सुस्ताबासी

तटबन्ध निर्माण पुरा गर्न सुस्ताबासीको माग

images
images
images
शुक्रवार, श्रावण २९ २०७८
शुक्रवार, श्रावण २९ २०७८
  • अधुरो तटबन्ध निर्माणले बाढीको चपेटामा सुस्ताबासी

    परासी, २९ साउन । भुमि अतिक्रमणको चपेटामा रहेको सुस्ता बर्षेनी बाढिको पनि चपेटामा पर्दै आएको छ । नारायणी नदीमा ठुलो बाढी आएपछि सुस्ता गाउँमा उत्तर तर्फबाट बाढी सानो खोल्सो झै पस्ने गर्दछ । गाउँमा बाढी पसेपछि दर्जनौँ घरहरु डुबानमा पर्ने गर्दछ भने सयौँ विगाहा खेती नष्ट हुने गरेको पाईन्छ । 

    images

    त्यतिमात्र होईन अधुरो तटबन्ध सहितको बाँध निर्माण भएन भने अहिले सुस्तामा भइरहेको विभिन्न विकासका कार्यहरु पनि बाढीले भत्किएर नष्ट होला भनि सुस्ताबासी चिन्तामा छन् । सिमा जस्तै बाढीको चपेटामा पर्दै आएका सुस्ताबासीहरु छिटो भन्दा छिटो अधुरो तटबन्ध, ठोकर र बाँधहरु निर्माणका लागि सरकार संग माग गरेका छन् ।

    एल आकारमा रहेको सुस्ता गाउँ पुरै नारायणी नदीले घेरिएको छ । ३६ ढोका भएको त्रिवेणी ब्यारेज पुल करिब एक किलोमिटर होला तर नदी तल बढदै सुस्तासम्म आईपुग्दा २.५ किलोमिटर चौडा भईसकेको छ । नदीमा ठुलो बाढी आउँदा सुस्ता गाउँपालिका २ कुडिया देखि वडा ५ पक्लिहवाँसम्म पश्चिम तर्फ अग्लो बाँध र ठोकरहरु निर्माण भएकै कारणले बाढी गाउँमा पस्दैन तर यता सुस्तामा तटबन्ध सहितको अग्लो बाँध र ठोकरहरु अधुरो रहेकै कारण बाढी पस्ने गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले बताए ।    

    लामो समयदेखि बर्षायाममबाट बाढिले डुबानमा पर्दै आएको सुस्ता भुमीलाई जोगाउन एक मात्र विकल्प तटबन्ध सहितको बाँध निर्माण हो । प्रवक्ता जयसवालका अनुसार एल आकारमा रहेको सुस्ता भुमीलाई जोगाउन २०७० सालदेखि नारायणी नदी व्यवस्थापन आयोजना चितवनले क्रमशः तटबन्ध सहितको बाँध निर्माण कार्य गर्दै आएको थियो तर गतबर्षदेखि बजेटको अभाव देखाउदै उक्त कार्य रोकिएपछि सुस्ताबासीहरु थप चिन्तित बनेको दुखेसो पोखे । कुल ३.५ किलोमिटर तटबन्ध र २१ वटा ठोकरहरु (स्पर्स) निर्माण गर्नुपर्नेमा हालसम्म दक्षिण तर्फबाट २ किलोमिटर मात्र तटबन्ध तथा ७ वटा ठोकरहरु (स्पर्स) निर्माण गरिएको छ । गतबर्ष जस्तै यस बर्षपनि सुस्ताको तटबन्ध निर्माणका लागि कुनै बजेट नपरेपछि सुस्ताबासी चिन्तित छन् । 
    सुस्ता भुमीलाई रक्षा गर्दै आएका सुस्ताबासीहरु विगत लामो समयदेखि बाढीले पिडित छन् । विगत बाढीले सुस्ता विस्थापित भए झै फेरि कुन बेला नदीमा ठुलो बाढी आएर सुस्ता गाउँनै बगाएर लैजाने चिन्ता हाम्रो मनमा समाएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताए । उपाध्यक्ष खानका अनुसार यसबर्ष बाढीले सुस्ता गाउँको दर्जनों घर डुबानमा परेको र ५० विगाहा भन्दा बढि क्षेत्रफलमा लगाईको धान तथा उखुबाली गलेर नष्ट भएको बताए । 

    तटबन्ध निर्माण कार्य दक्षिण बाट शुरु भई २ किलोमिटरसम्म भैसकेको छ तर उत्तर दिशतर्फबाट १५०० मिटर निर्माण कार्य भने बाकी छ । अहिले सुस्तामा उत्तरबाट तिब्रगतिमा नदीमा बाढी सुस्ता गाउँमा पसेर विभिन्न क्षति पुर्‍याउने गरेको छ । गाउँमा बाढी पसेपछि सुस्ताबासीहरु आवश्यक सर–सामान लिई घरको छत तथा अग्लो ठाउँमा सुरक्षित हुने गरेका छन् ।

    सुस्ताको मुहार फेरिन राज्यले सुस्तामा लगानी बढाएको छ जसमा आरसीसी बाटो निर्माण भइसकेको छ भने बिजुली सप्लाईका लागि सोलार पावर हाउस समेत निर्माण भै विद्युत सप्लाई भैरहेको छ । त्यस्तै सुस्तामा खानेपानी, जनता आवस, झोलुङ्गपुल लगायतको निर्माण कार्यहरु पनि अगाडी बढेको छ तर यि सबै विकासहरु तटबन्ध निर्माण सम्पन्न नहुँदासम्म बाढीले असुरक्षित रहेको सुस्ता बचाउ अभियाका अध्यक्ष गोपाल गुरुङ्गले जानकारी दिए ।  

    जिल्लाकै विकट र एतिहासिक ठाउँ सुस्ता विकासले निकै पछाडी परेकै छ त्यहाँ शिक्षा र स्वास्थ्यको पनि उचित व्यवस्था छैन । एतिहासिक सुस्तालाई बचाउन अधुरो रहेको १५०० मिटर क्षेत्रलाई तटबन्ध निर्माण गरियो भने सुस्तालाई बाढीले जोगाउन सक्ने स्थानियहरुको भनाई छ । यता तर्फ राज्यले ध्यान दिनु पर्ने सुस्ताबासीहरु आग्रह गरेका छन् । 

    ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता भुमी बर्षौं देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुदै हाल १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ । हाल सुस्ताबासीहरुको जोतभोगमा जम्मा ७ हजार हेक्टेयर क्षेत्रफल मात्र रहेको बताउँछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij