२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

हवाई ट्राफिक कटौती लागू हुँदा १ हजार बढी अमेरिकी उडानहरू रद्ध

आइतवार , कार्तिक २३, २०८२

  • 259
    Shares
  • 259
    Shares
  • काठमाडौं,  २३ कार्तिक । अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्दको समयमा हवाई ट्राफिक नियन्त्रकहरूको अभावका कारण हवाई ट्राफिक कटौती लागू भएपछि संयुक्त राज्य अमेरिकाभर १ हजार भन्दा बढी उडानहरू रद्ध गरिएको छ ।

    अमेरिकी उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरकाअनुसा ४ हजार ३ सय भन्दा बढी उडानहरू ढिलाइ भएका थिए । १ हजार भन्दा बढी रद्ध गरिएका छन् ।

    अमेरिकी यातायात विभाग र संघीय उड्डयन प्रशासनले बुधवार संघीय सरकारले शुक्रवारदेखि ४० स्थानहरूमा हवाई ट्राफिक घटाउने घोषणा गरेपछि यो आएको हो ।

    यातायात सचिव सीन डफीले यदि सरकारी बन्द लम्बियो भने उडान कटौती २० प्रतिशतसम्म बढ्न सक्ने बताउनुभएको छ । बन्द शुरु भएदेखि, लगभग १३ हजार हवाई ट्राफिक नियन्त्रकहरू र लगभग ५० हजार विमानस्थल सुरक्षा अधिकारीहरूलाई तलब बिना काम गर्न बाध्य पारिएको छ ।

    केही हवाई ट्राफिक नियन्त्रकहरूले हप्तामा ६ दिन १० घण्टा काम गरिरहेका छन् ।