आइतवार , कार्तिक २३, २०८२
काठमाडौं, २३ कार्तिक । २०२५–२०२६ को लागि चीन–रुस–मंगोलियाले चिया सडक पर्यटन सहयोग र विकास योजनामा उत्तरी मंगोलियाली शहर डार्कानमा हस्ताक्षर गरेका छन् ।
पर्यटन क्षेत्रमा त्रिपक्षीय आदानप्रदानलाई गहिरो बनाउने उद्देश्यले चीन, रुस र मंगोलियाको नवौं पर्यटन मन्त्रीस्तरीय सम्मेलनको क्रममा शुक्रबार यो योजनामा हस्ताक्षर गरिएको थियो ।
योजनाअनुसार तीन पक्षले चिया सडकमा संयुक्त पर्यटन मार्गहरू र स्टपहरू विकास र प्रवद्र्धन गर्नेछन् । चिया सडकमा क्रस–बोर्डर स्व–ड्राइभिङ टुर ब्रान्ड शुरु गर्नेछन् ।
सीमापार पर्यटनको लागि सुविधाको स्तर सुधार गर्नेछन् । बैठकमा तीन देशका पर्यटन विभाग र सम्बन्धित संघका प्रतिनिधिहरू उपस्थित थिए । सम्मेलनको क्रममा चीन–रुस–मंगोलिया ट्राभल एजेन्टहरूको बैठक पनि आयोजना गरिएको थियो ।
जसले तीन देशका दर्जनौं सांस्कृतिक र पर्यटन उद्यमहरू र पर्यटन संघहरूलाई आकर्षित गरेको छ । चिया सडक विषयवस्तुमा आधारित प्रदर्शनी र चिया सडक स्व–ड्राइभिङ टुरको लागि एक उद्घाटन समारोह एकैसाथ आयोजना गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij