
सोमवार , भाद्र २२, २०७७
भैरहवा, २२ भदौ ।
रुपन्देहीमा सोमबार थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ६ जना महिला र ३५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा ४, सिद्धार्थनगर नगरपालिकामा १८, ओमसतिया गाउँपालिकामा १६, सैनामैना नगरपालिकामा १, मायादेवी गाउँपालिकामा १ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या १ हजार ३ सय २९ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
त्यस्तै जिल्लामा हालसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ६५३ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ६६२ जनाले उपचार गराइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij