२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अर्घाखाँची कारागारमा रहेका एक कैदीको मृत्यु

सोमवार , भाद्र २२, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • अर्घाखाँची, २२ भदौ ।
    अर्घाखाँची कारागारमा चोरी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।
    जिल्ला कारागारमा रहेको रूपन्देही तिलोत्तमा नगरपालिका ५ का ४६ वर्षीय कैदी विजय पाण्डे भन्ने रामप्रसाद पाण्डेको मृत्यु भएको हो ।

    उनको शरीर एक्कासी सुन्निएर उपचारको लागि अर्घाखाँची अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पु¥याउनेबित्तिकै आइतबार मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए ।