२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

अर्घाखाँचीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

आइतवार , भाद्र २१, २०७७

अर्घाखाँची, २१ भदौ ।
अर्घाखाँचीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाको जनज्योति माविको क्वारेन्टाइनमा बसेका ७ जना पुरुष हुन । 

त्यस्तै ४ जना पुरुष केही दिन अघि सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का कोरोना पुष्टि भएका समुदायस्तरका तरकारी व्यवसायीको सम्पर्कमा आएका वडा नम्बर ६ का ३ जना, वडा नम्बर ७ का १ जना व्यक्ति रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

योसहित जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३२ पुगेका छ । हालसम्मको अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ । कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।