
आइतवार , भाद्र २१, २०७७
भैरहवा, २१ भदौ ।
रुपन्देहीमा आइतबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा १३ जना महिला र १९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकामा २३, रोहिणी गाउँपालिकामा १, तिलोत्तमा नगरपालिकामा ४ र सैनामैना नगरपालिकामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १ हजार २ सय ८८ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
त्यस्तै जिल्लामा हालसम्म १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट ६४५ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ६२९ जनाले उपचार गराइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij