
आइतवार , भाद्र २१, २०७७
भैरहवा, २१ भदौ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आइतबार भैरहवाका क्षेत्रका बजारको अनुगमन गरेको छ । आइतबारदेखि बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म व्यापार व्यवसाय सञ्चालन हुने गरी लकडाउन खुकुलो भएपछि अनुगमन गरिएको संघले जनाएको छ ।
बजार सञ्चालन भएको अवस्थामा सरकारले जारी गरेका कोरोनाबाट बच्ने सुरक्षाका उपाय मास्क, सेनिटाइजरको प्रयोग तथा भौतिक दुरी कायम गरी व्यापार व्यवसाय सञ्चालन भए/नभएकोबारे जानकारी लिन अनुगमन गरिएको संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए ।
अनुगमनका क्रममा संघका अध्यक्षसहित पदाधिकारीद्वारा व्यवसायी र ग्राहकहरुको स्वास्थ्यको ख्याल गर्दै जिम्मेवारीका साथ व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरिएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले शनिबार आदेश जारी गर्दै भदौ २१ गतेदेखि २८ गते राती १२ बजेसम्म बन्दाबन्दी (लकडाउन) को अवधि थपिएको बताए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दैनिक उपभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।
सबाहेक अन्य औषधीजन्य वस्तु र सेवा निरन्तर सञ्चालनमा हुनेछन् । त्यस्तै जिल्लामा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र व्यापार व्यवसाय सञ्चालन हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij