२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

दाङमा निषेधाज्ञाको स्वरुप फेरियो 

आइतवार , भाद्र २१, २०७७

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • दाङ, २१ भदौ ।
    जिल्लामा एक हप्तासम्म जारी निषेधाज्ञामा स्वरुप परिवर्तन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार भदौ २८ गते आइतबारसम्मका लागि बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म बजार खुल्ला रहनेछन् । 

    त्यसै गरी सोही समयमा नीजि प्लेटका गाडीहरु जोर बिजोर प्रणाली अनुसार सञ्चालनमा समेत आउनेछन् । सार्वजनिक यातायातका साधनहरु भनेँ अर्को निर्णय नहुँदासम्म बन्द नै रहनेछन् ।

    दाङ जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि भदौ १४ गतेदेखि राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।