२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सिद्धार्थनगरमा कोरोना संक्रमितको संख्या १७८ पुग्यो

आइतवार , भाद्र २१, २०७७

भैरहवा, २१ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवामा) शनिबारसम्म १७८ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) को पुष्टि भएको छ । नगर कार्यपालिका कार्यालयका अनुसार वडा नम्बर १ मा २०, २ मा १०, ३ मा १६, ४ मा १२, ५ मा १, ६ मा २३, ७ मा ६, ८ मा ४६, ९ मा १०, १० मा ३, १२ मा १८, १३ मा ७ र वडा नखुलेको ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सिद्धार्थनगरमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ७८ पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

त्यस्तै हाल ९८ जना आइसोलेसनमा छन् । कोरोना संक्रमित भइ होम आइसोलेसनमा ६६ होटल आइसोलेशनमा  ४, अस्पताल आइसोलेशनमा २५ र नगरपालिकाको आइसोलेशनमा ३ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ४८ जना महिला र ५० जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए । हालसम्म सिद्धार्थनगरमा २ जना कोरोना संक्रमितको मृत्यु भइसकेको नगरपालिकाले जनाएको छ ।