२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

नवलपरासीमा ३२ लाख ९० हजार नगद सहित २ जना पक्राउ

मंगलवार , श्रावण १९, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • परासी, १८ श्रावण । नवलपरासी प्रहरीले ३२ लाख ९० हजार रुपैया नगद सहित २ जना युवालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

    ईलाका प्रहरी कार्यालय सेमरीले जिल्लाको बर्दघाट नगरपालिका वडा १२ भटौलिया स्थित परासी नारायण चोक हुलाकी सडक खण्डबाट श्रोत नखुलेको ३२ लाख ९० हजार रुपैया नगद सहित २ जना युवकलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बुझाएको हो। 

    गस्तीमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा युवकहरुले चढेको लु १६ प ३७२९ नं। को मोटरसाईकलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट श्रोत नखुलेको १८ लाख ५० हजार नेपाली र ९ लाख रुपैया भारतीय गरि कुल ३२ लाख ९० हजार रुपैया बरामद गरि जिल्ला प्रहरी कार्यालय बुझाएको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए। 

    पक्राउ पर्नेमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं। २ बस्ने ३५ वर्षे योगेन्द्र यादव र भारतको उत्तर प्रदेश जिल्ला महाराजगंज ठुठीवारी बस्ने २७ वर्षे समिर खान रहेका डिएस्पी लामाले जानकारी दिए। 

    प्रहरीले उनीहरुका साथ भारतीय रुपैया २ हजार दरका २०७ थान, भारतिय ५ सय दरका ९७२ थान नोट गरी जम्मा ९ लाख भारू र नेपाली १ हजार दरका १ हजार ६९ थान नोट र ५ सय दरका १ हजार ५ सय ६२ थान नोट गरी जम्मा १८ लाख ५० हजार नपाली रुपैयाँ फेला पारेको जनाएको छ। 

    प्रहरीले बरामद रकम सहित दुवै जना युवकलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने प्रहरीले जनाएको छ।