२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

तिलोत्तमामा बन्दाबन्दी खुकुलो

शनिवार , भाद्र २०, २०७७

भैरहवा, २० भदौ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनलाई खुकुलो बनाएको छ । भदौ ३ गतेदेखि नगर क्षेत्रमा जारी लकडाउन शनिबार राति १२ बजेदेखि सकिंदैछ । शनिबार बसेको नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले जनजीवनलाई सहज बनाउने गरी सुरक्षा मापदण्ड अपनाएर उद्योग व्यवसाय, बैंक तथा वित्तिीय संस्था सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

तर सर्वसाधारणसंग प्रत्यक्ष जोडिएर कायम गर्नुपर्ने भएकाले सैलुन, ब्यूटीपार्लर लगायतका क्षेत्र अझै सञ्चालन गर्न नपाइने र हाटबजार लगायत बढी जमघट तथा भेला हुने क्षेत्रहरु पनि बन्द रहने नगरपालिकाले जनाएको छ । 

त्यस्तै लघुवित्त संस्थाहरुले गाउँटोलमा भेला गरी बैठक सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहने भएकाले यसलाई पनि तत्काल सञ्चालन गर्न नदिने निर्णय भएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

बैठकले पसल व्यवसाय सञ्चालन गर्दा पसल अगाडिपट्टी अनिवार्य गोलो घेरा लगाइ सर्वसाधारणको भीड कम गर्नुपर्ने, मास्क, सेनिटाइजर र अनिवार्य सावुनपानीले हात धुने व्यवस्था मिलाउनुपर्ने निर्णय पनि गरेको छ । 
 

बैठकले खुला रहेका क्षेत्रमा सामाजिक दूरी कायम भए/नभएकोबारे अनुगमन गर्ने समेत निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए ।