images

शनिवार, बैशाख ८ गते २०८१

लुम्बिनीका प्रदेश प्रमुखलाई विपक्षी दलले भने : विधि र प्रक्रिया मिचियो, सच्याइयोस्

लुम्बिनीका प्रदेश प्रमुखलाई विपक्षी दलले भने : विधि र प्रक्रिया मिचियो, सच्याइयोस्

images
images
images
शनिवार, श्रावण १६ २०७८
शनिवार, श्रावण १६ २०७८
  • लुम्बिनीका प्रदेश प्रमुखलाई विपक्षी दलले भने : विधि र प्रक्रिया मिचियो, सच्याइयोस्

    बुटवल, १६ साउन । 
    लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सरकारको विरुद्धमा ध्यानाकर्षण पत्र बुझाउदै विधि र प्रक्रिया सच्याउन आग्रह गरेका छन् । आज प्रदेश प्रमुख शेरचनलाई भेटी विपक्षी गठबन्धनका नेताहरुले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको अल्पमतको सरकारले संविधान, विधि र प्रक्रिया मिचेर स्वेच्छाचारी प्रवृति अवलम्बन गरेको आरोप लगाउदै ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

    images
    images
    images

    विपक्षी गठबन्धनले वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले केपी ओलीकै शैलीमा असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । अल्पमतमा रहेको सरकारले आवश्यक परे विश्वासको मत लिने भन्दै टार्दै आएको, नीति तथा कार्यक्रम र बजेट ल्याएको, बजेट असफल हुने देखेपछि सदन बहिष्कार गरेको र रातारात सदनको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको विपक्षी दलका नेताहरुले बताएका छन् । 

    विपक्षी गठबन्धनका अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालय पुगेर शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार अल्पमत र असंवैधानिक रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् । झण्डै ४० जनाको संख्यामा उपस्थित भएका विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखबाट संवैधानिक धर्म र कानुनी मर्मअनुसार प्रक्रिया थाल्न आग्रह गरेका छन् । उनीहरुले वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनुको साटो सरकारबाट राजीनामा दिएर वैशाख १९ मा गैरकानूनी रुपबाट नियुक्ति भइ सरकार गठन गरेको, संविधानको धारा १६८ को उपधारा १ अनुसार सरकार बनाउन विमला खत्री वली, दीर्घनारायण पाण्डे र अम्मरबहादुर डाँगीको किर्ते हस्ताक्षर गरेको लगायतका विभिन्न आरोपहरु लगाएका छन् । 

    कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले मुख्यमन्त्रीलाई पटकपटक संविधानअनुसार हिँड्न र सरकारको वैधानिकता पुष्टि गर्न आग्रह गरे पनि मुख्यमन्त्रीले मिचाहा प्रवृति प्रदर्शन गरेको बताए । नेता कनौडियाले भने– संविधानको रक्षा र विधिको शासनका लागि मुख्यमन्त्रीलाई सही बाटोमा ल्याउन प्रदेश प्रमुखले प्रक्रिया चाल्नुपर्छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले पत्रबारे मुख्यमन्त्रीलाई जानकारी गराउने र संविधान र विधि अनुसार प्रदेश चलाउन आग्रह गर्ने नत्र विधि र प्रक्रियामा लैजाने बताए । उनले भने –विधि र प्रक्रिया थालेर भए पनि संविधान र विधिमा प्रदेश सरकारलाई हिँडाउनु आवश्यक छ । 

    प्रदेश सभामा सत्तापक्ष र विपक्षमा रहेको मतबारे सत्तापक्ष र विपक्षमै बिवाद रहेको छ । सरकार आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आएको छ भने विपक्षी गठबन्धनले आफ्नो पक्षमा बहुमत रहेकोले विश्वासको मत दिन सरकारलाई दवाव दिदै आएको छ ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij