२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

भैरहवामा कोरोना संक्रमितको संख्या १७० पुग्यो

शुक्रवार , भाद्र १९, २०७७

भैरहवा, १९ भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवामा) शुक्रबारसम्म १७० जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) को पुष्टि भएको छ । 

नगर कार्यपालिका कार्यालयका अनुसार  हालसम्म सिद्धार्थनगर वडा नम्बर १ मा २०, २ मा १०, ३ मा १५, ४ मा १२, ५ मा १, ६ मा २०, ७ मा ६, ८ मा ४६, ९ मा १०, १० मा ३, १२ मा १६, १३ मा ७ र वडा नखुलेको ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ११ मा कोरोना संक्रमितको संख्या भने शुन्य रहेको छ ।

सिद्धार्थनगरमा कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या ७६ पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए ।

त्यस्तै हाल ९२ जना आइसोलेसनमा छन् । कोरोना संक्रमित भइ होम आइसोलेसनमा ६३, होटल आइसोलेशनमा  १, अस्पताल आइसोलेशनमा २५ र नगरपालिकाको आइसोलेशनमा ३ जना रहेको नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए । आइसोलेसनमा हुनेमा ४८ जना महिला र ४४ जना पुरुष रहेको ज्ञवालीले जानकारी दिए । 

सिद्धार्थनगरमा दुई जना कोरोना संक्रमितको मृत्य भइसकेको नगरपालिकाले जनाएको छ । उनीहरुको शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धार्थनगर–७ की ६४ वर्षिय महिला र वडा नम्बर ८ का ४५ वर्षिय पुरुष रहेका छन् ।