२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रवार , भाद्र १९, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडौं, १९ भदौ ।

    पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी गरिएको १३ हजार ६ सय ३८ पीसीआर परीक्षणबाट १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसंगै नेपालमा कूल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । त्यस्तै थप १३ सय ५४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २५ हजार ५ सय ६१ कोरोनामुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा २ सय ७१ कोरोना संक्रमितको मृत्यु भएको छ ।