
शुक्रवार , भाद्र १९, २०७७
बुटवल, १९ भदौ ।
लायन्स क्लब अफ बुटवल क्यापिटल र लायन्स क्लब अफ बुटवल बुद्धभुमिको संयुक्त आयोजनामा ‘फूड बैंक’ मार्फत थप १६० जनालाई बुटवल–११ को प्रगतिनगरमा खाद्यान्न वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट प्रभावित भइ खानाको अभाव भएकाहरुलाई शुक्रबार बुटवल उपमहानगरपालिका ११ प्रगतिनगरको प्रगति माविको मैदानमा खाद्यान्न वितरण गरिएको हो ।
कोही पनि खानाको अभावमा भोकै बस्न नपरोस भनी सञ्चालित फूड बैंक मार्फत बिहीवारदेखि गरिव तथा असहायहरुलाई खाद्यान्न वितरण गर्दै आएकोे लायन्स क्लब अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताइन् ।
खाद्यान्नकोे अभावमा कोही पनि भोकै बस्नु नपरोस भनि संचालन गरिएको फूड बैंकमार्फत बिहीवार जस्तै शुक्रवार पनि चामल, दाल, खाने तेल, चिउरा ,विस्कुट, जुस च्याउच्याउ, नुन लगायतका खाद्यान्न वितरण गरिएको लायन्स क्लब अफ बुटवल बुद्धभुमिका अध्यक्ष राजु लिगलले बताए ।
समाजसेवीहरु चित्र बहादुर वर्मा, दीपक श्रेष्ठ, शोभाखर पोखरेल, लायन्स क्लबका जोनचेयर पर्सन गोपाल पाण्डे, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जित बहादुर मल्ल लगायतले क्लबले संचालन गरेका सामाजिक कामले लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत मिलेको धारणा राख्नु भएको क्लबका प्रकाश खनालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij