२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

मोटरसाइकल अनियन्त्रित भइ पल्टदा रुपन्देहीमा एकजनाको मृत्यु

शुक्रवार , भाद्र १९, २०७७

भैरहवा, १९ भदौ । 

मोटरसाइकल अनियन्त्रित भइ पल्टदा शुक्रबार रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–६ का ४० वर्षिय समुजराम केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

गैडहवा गाउँपालिका–६ तेलण्डिहवास्थित लुम्बिनी कलौनी भित्री सडकखण्डमा लु १४ प ७९४४ नम्बरको मोटरसाइकल पल्टिदा मोटरसाइकल चालक केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए । मोटरसाइकलमा सवार शुद्धोधन–६ बस्ने ३५ वर्षिय गुडिया केवट घाइते भएको खत्रीले जानकारी दिए ।

दुर्घटनापश्चात मोटरसाइकल चालक समुजरामलाई उपचारको लागि भैरहवास्थित भीम अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मोटरसाइकल पछाडी सवार गुडियाको हात र खुट्टामा चोट लागेको र उनको भीम अस्पतालमा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।