२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

रुपन्देहीमा शुक्रबार थपिए ५७ जना कोरोना संक्रमित

शुक्रवार , भाद्र १९, २०७७

भैरहवा, १९ भदौ ।
रुपन्देहीमा शुक्रबार थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा २८ महिला र २ ९ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ३०, सिद्धार्थनगर नगरपालिकामा १५, तिलोत्तमा नगरपालिकामा ५, देवदह नगरपालिकामा १, सैनामैना नगरपालिकामा १, रोहिणी गाउँपालिकामा ४ र ओमसतिया गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । बिहीबार रुपन्देहीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो संगै रुपन्देहीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको संख्या १ हजार १ सय ९० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै जिल्लामा हालसम्म १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यसै गरी कोरोना संक्रमणबाट  ४९४ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसै गरी कोरोना संक्रमित भइ हाल जिल्लामा ६८३ जनाले उपचार गराइरहेका छन् ।