
शुक्रवार , भाद्र १९, २०७७
रुपन्देही, १९ भदौ ।
बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उप–महानगरपालिका वडा नम्बर ८ का ७८ वर्षिय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
भदौ ४ गते अस्पतालमा भर्ना भएका ७८ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ९ दिन देखि भेन्टिलेटरको सहायतामा आइसीयू (सघन कक्ष) मा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
अस्पतालका अनुसार मृतक संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालका सुचना अधिकारी डा. गौतमले बताए । हालसम्म बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा १० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा दुई जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij