२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

तीनदिन अघि मृत्यु भएकी महिलामा कोरोना पुष्टि

मंगलवार , श्रावण ६, २०७७

दाङ । दाङमा सडकबाट अचेत अवस्थामा उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
 
नाम, ठेगाना खुल्न नसकेकी ति महिला घोराहीमा मागेर जिविका चलाउँदै आएकी थिइन्। असार १० गते बुधबार प्रहरीले घोराही उपमहानगरपालिका–१५ को ट्राफिकचोकको पीपलबोट मुनिबाट अचेत अवस्थामा उद्धार गरेर उनलाई अस्पताल पुर्याएको थियो। ति महिलाको उपचारको क्रममा मृत्यु भएको थियो।
 
तर, महिलाको सोहि दिन राती उपचारका क्रममा प्रतिष्ठानमा निधन भएको थियो। कोरोनाका कारण मृत्यु भएको हुन सक्ने आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो । स्वाब परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
 
करिव ३० देखि ३५ वर्षकी देखिने ती महिलाको नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ। मृतक महिलाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवदाह गृहमा राखिएको छ। स्रोतका अनुसार ति महिलामा कोरोना संक्रमण देखिए पनि प्रतिष्ठानले भने आधिकारीक रुपमा पुष्टि गर्न बाँकी छ।