२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रदेश ५ : कोरोना अस्पताललाई झण्डै ४ करोड बजेट 

बिहिवार , भाद्र १८, २०७७

रुपन्देही, १८ भदौ ।

प्रदेश ५ सरकारले प्रदेश भित्रका ४ वटा कोरोना विशेष अस्पतालहरुलाई ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गर्दै, ५ सय ८३ जना जनशक्ति पनि थप गर्ने भएको छ । 

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि ३ महिनाका लागि स्वास्थ्यकर्मीहरु करारमा भर्ना गर्ने र उक्त जनशक्तिहरुलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन सो बजेट विनियोजित गरिएको बताइएको छ ।
बैठकले बुटवलस्थित धागो कारखानामा सञ्चालन हुँदै आएको कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९ जना थप जनशक्ति गर्ने भएको छ, भने सो अस्पतालमा आइसीयु बेड १८ वटा, (मिनी आइसीयू) बेड २०, आइसोलेन बेड ३६ गरी जम्मा ७४ वटा बेड रहने भएको छ ।

भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित कोरोना अस्थायी अस्पतालमा १ सय ७१ जना जनशक्ति स्वीकृत गरेको छ । भीम अस्पतालमा आईसीयु सघन ५ वटा, एचडी बेड १३ वटा, आइसोलेसन ९ गरी कुल २७ वटा बेड र दाङको बेलझुण्डीमा आईसीयु सघन १० वटा, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ वटा बेड रहने भएको जनाएको छ ।
मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ वजेट मध्ये लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि १ करोड ७५ लाख ११ हजार ९ सय रुपैयाँ, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय रुपैयाँ, केन्द्रिय आयुर्वेद बेलझुण्डीका लागि १ करोड ५६ लाख ७२ हजार ३ सय रुपैयाँ र भेरी अस्पताल बाँकेका लागि १ करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासी गरिएको प्रवक्ता चौधरीले जानकारी वताए ।

सैबीच बाँकेस्थित भेरी अस्पतालमा १ सय ५२ जना जनशक्ति राखिने निर्णय भएको प्रदेश नम्बर ५ भौतिक पूर्वाधार विकास मन्त्री एंव सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए छ । चौधरीका अनुसार सो अस्पतालमा आईसीयु सघन १० वटा, एचडी बेड ३० वटा र आइसोलेसन बेड २० वटा गरी ६० वटा बेड हुने उल्लेख गरिएको छ ।